Kathmandu Press

कांग्रेस संसदीय दल निर्वाचनको मतदाता नामावली सार्वजनिक

संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराउन निर्वाचन समितिले पूर्वनिर्धारित समय तालिका परिमार्जन गर्दै मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकेको छ।
कांग्रेस संसदीय दल निर्वाचनको मतदाता नामावली सार्वजनिक

काठमाडौं, पुस ४ : बुधबार हुने नेपाली कांग्रेस संसदीय दल निर्वाचनका लागि निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको छ। समितिले बुधबार हुने चुनावका लागि मतदाताका रूपमा कांग्रेसबाट निर्वाचित भएका सदस्यहरूको नामावली प्रकाशन गरेको हो।

संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराउन निर्वाचन समितिले पूर्वनिर्धारित समय तालिका परिमार्जन गर्दै मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकेको छ।

मतदानको समय भने पहिले तोकिएअनुसारै रहेको निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए।

कांग्रेस संसदीय दलको विधानमा प्रतिनिधिसभाका सदस्यमध्ये एक जना संसदीय दलको नेता चयन हुने व्यवस्था छ । त्यसकालागि एकभन्दा बढीको दाबी परेको अवस्थामा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने नेता दलको नेतामा चयन हुने व्यवस्था छ।

प्रकाशित मिति: १८:४८ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्