संसदीय दलको नेता छान्न कांग्रेस इतर पक्षको बैठक जारी

काठमाडौं, पुस ४ : नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिनका लागि संस्थापन इतर पक्षले छलफल थालेको छ । संसदीय दलको नेता छान्न निर्वाचन चुनावी कार्यतालिका सार्वजनिक भएपछि इतर पक्षले उम्मेदवार छान्न निर्णायक छलफल थालेको हो ।
इतर पक्षबाट संसदीय दलको नेता बन्न एकभन्दा धेरैले इच्छा देखाएपछि छलफलबाट टुंगो लगाउन लागेको हो । सो पक्षको बैठक लाजिम्पाटस्थित होटल एम्बासडरमा चलिरहेको छ ।
बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शशांक कोइराला लगायत उपस्थित छन् । सो बैठकअघि धनराज गुरुङ र कोइराला पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो । अलगअलग बैठक पछि साँझ मात्रै इतर पक्षको संयुक्त बैठक बसेको हो ।
अन्तिम चरणको बैठकबाट शशांक कोइराला र गगन थापामध्ये एक जना आकांक्षीबाट बाहिरिने सम्भावना रहेको छ ।
प्रकाशित मिति: १७:४३ बजे, सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











