Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

काठमाडौं, पुस ४ : मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न  निर्णय सार्वजनिक भएका छन् । 

सरकारका प्रवक्ता तथा सूचना तथा संञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रालयमा  पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहरु :
 
१. निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

२. माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने । 

३.  संरक्षण क्षेत्रभित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने ।

४. अन्नमा आधारित पूरक बालआहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने बताए। 

५. खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने ।

६. मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने  ।

७.  कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने ।
 
 

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्