Kathmandu Press

सभामुखमा नेम्वाङको पल्डा भारी, अध्यक्ष प्रचण्ड सापकोटालाई बनाउने पक्षमा

काठमाडौं, पुस १० : नेकपाले शुक्रबार सचिवालय बैठक बसी सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसह....

सभामुखमा नेम्वाङको पल्डा भारी, अध्यक्ष प्रचण्ड सापकोटालाई बनाउने पक्षमा
फाइल

काठमाडौं, पुस १० : नेकपाले शुक्रबार सचिवालय बैठक बसी सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित बहुमत सचिवालय सदस्यहरू नेकपा संसदीय दलका उपनेता पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई फेरि सभामुख बनाउने पक्षमा देखिएका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने मौन छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग सभामुखबारे छलफल नगरी उनले नेम्वाङबारे ‘रिजर्भेसन’ राखेका छन्।

प्रधानमन्त्रीको टीममा रहेका नेकपाका एक जना केन्द्रीय नेताले भने, ‘सभामुख सुवास नेम्वाङ बन्ने सम्भावना प्रवल छ तर त्यो निर्णय प्रक्रियासम्मत ढंगले गर्न बाँकी छ।’ कानूनको ज्ञान, शिष्ट ढंगले संसद् सञ्चालन गर्ने क्षमता, सबैलाई समेटेर अघि बढ्ने कार्यशैलीका कारण नेम्वाङकै सम्भावना प्रवल रहेको उनले बताए।  

नेकपाकै सांसद् रहेकी शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा नगरी शुक्रबारको प्रतिनिधिसभाको बैठकबाट सभामुख निर्वाचन कार्यक्रम घोषणा गर्ने तयारी गरेकी छिन्।

कार्यवाहक सभामुख रहेकी उपसभामुख तुम्बाहाङ्फेले शुक्रबारको बैठकबाट निर्वाचन कार्यक्रम घोषणा गरेमा सभामुख पद नेकपाले गुमाउने प्रमुख प्रतिपक्षी दल कांग्रेसको दाबी छ।

नेकपाका एक उच्च नेताले दिएको जानकारी अनुसार, अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेको भए पनि पार्टी सचिवालयले यस्तो निर्णय गर्ने सम्भावना अत्यन्तै कम छ। प्रचण्ड स्वयमले समेत नेम्वाङलाई सभामुख हुन आग्रह गरे पनि भित्रभित्रै सापकोटाको नाम चर्चामा ल्याएका छन्। 

प्रकाशित मिति: १६:५६ बजे, बिहीबार, पुस १०, २०७६