Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो । 
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं, पुस ४ : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। 

सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो । 

‘हामीले पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका थियौं,’ रास्वपा प्रवक्ता मुकुल ढकालले भने,‘आजको बैठकले त्यसैलाई अनुमोदन गरेको हो।’

रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।

प्रकाशित मिति: १०:३७ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्