यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
काठमाडौं, पुस १० : सरकारले उखुको खरिद मूल्य तोकेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रका....
काठमाडौं, पुस १० : सरकारले उखुको खरिद मूल्य तोकेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चालु आर्थिक वर्ष २०७६–७७ का का लागि उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६.५६ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरी खरिद मूल्य प्रति क्विन्टल ५३६.५६ रुपैयाँ निर्धारण गर्न स्वीकृति दिइएको हो।
यस्तै, बैठकले हातहतियार खरखजाना सम्बन्धी कानूनलाई संशोधन र कीकरण थर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए।
यसैगरी, बैठकले साइप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्यदूत रामजीवन पन्जियारको कार्यकाल निर्णय भएको मितिले चार वर्ष थप गर्ने निर्णय गरेको छ।
हेर्नुस् मन्त्रिपरिषद् बैठकका १३ निर्णय :








