एकीकृत समाजवादीको दलको बैठक बस्दैं, माधव नेपाल नेता चयन हुने
एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ ।
काठमाडौं, पुस ४ : नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको बैठकले दलको नेता चयन गर्ने छ ।
एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ ।
त्यस्तै बैठकले दलको उपनेता र प्रमुख सचेतक समेत चयन गर्ने बताईएको छ ।
प्रकाशित मिति: ०७:३० बजे, सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार