Kathmandu Press

संविधानको सफल कार्यान्वयन गर्नु जनप्रतिनिधिको दायित्व हो : कांग्रेस नेत्री डा राणा

संविधानको सफल कार्यान्वयन गर्नु जनप्रतिनिधिको दायित्व हो : कांग्रेस नेत्री डा राणा

काठमाडाैं, पुस ३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नेपालको संविधानको रक्षा गर्नु र संविधानका अधिकारलाई कार्यान्वयन गर्न लाग्नु जनप्रतिनिधिको दायित्व भएको बताएका छन।

नवनिर्वाचित कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो सङ्र्घष र त्यागपछि जारी भएको संविधानलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।

देश र जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सबैले पदीय कर्तव्यमा क्रियाशीलता बढाउनुपर्ने बताए। कांग्रेस नेत्रीहरू मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, नोना कोइराला, शैलजा आचार्य लगायतले गरेकाे लामो सङ्घर्ष र त्यागबाट मुलुकमा महिला समावेशी अधिकार स्थापित भएको उनको भनाइ थियो।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै नेत्री डा राणाले नवनिर्वाचित जनप्रतिनिधिले आगामी दिनमा क्रियाशीलता बढाउन र थप प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा तयारी थाल्नुपर्ने बताए। कार्यक्रममा कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई पार्टीका वरिष्ठ नेत्रीहरूले सम्मान गरेका थिए।

प्रकाशित मिति: २०:०४ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्