Kathmandu Press

धरानका मेयर हर्क साम्पाङले मागे माफी

धरानका मेयर हर्क साम्पाङले मागे माफी

सुनसरी, पुस ३ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले माफी मागेका छन् । आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्दले दलित समुदायलाई नराम्रो लागेको भन्दै साम्पाङले माफी मागेका हुन।

‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्राथी छु।’

उनले कसैलाई ठेस पुर्‍याउन नियतवश सो स्टाटस नलेखेको पनि स्पष्ट पारेका छन्।

मेयर साम्पाङले दलित समुदायलाई अवहेलना हुने शब्द प्रयोग गरेको भन्दै आलोचना हुँदै आएको थियो।

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्