Kathmandu Press

आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय 

आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धन भित्र र बाहिरका दलहरुसँग छलफल गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय 

काठमाडौं, पुस ३ : नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । 

कांग्रेसले गठबन्धनबाटै आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने र गठबन्धन बाहिरका दलहरुसँग पनि छलफल गर्दै जाने निर्णय गरेको हो । नयाँ सरकार गठनका लागि गठबन्धन दलभित्र र बाहिर दुबैतिर छलफल तीब्र बनाउने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।  ‘गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुन्छ,’ प्रवक्ता महतले भने । 

उनले कांग्रेस ठूलो दल भएका कारण सरकारको नेतृत्व दाबी गर्नु स्वाभाविक रहेको पनि बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नु अनुचित नरहेको पनि कांग्रेसको निष्कर्श छ ।   

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्