Kathmandu Press

भूकम्पको चार वर्षमा ८३ प्रतिशत सम्पदा पुनःनिर्माण

काठमाडौं, पुस १० : भूकम्प गएको चार वर्षमा ८३ प्रतिशत सम्पदा पुनःनिर्माण भएका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन ....

भूकम्पको चार वर्षमा ८३ प्रतिशत सम्पदा पुनःनिर्माण

काठमाडौं, पुस १० : भूकम्प गएको चार वर्षमा ८३ प्रतिशत सम्पदा पुनःनिर्माण भएका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरि पुनःनिर्माणबारे जानकारी दिएको हो । यो अवधिमा ६९ प्रतिशत सम्पन्न भएको प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए।

उनका अनुसार अहिलेसिम्म सरकार र दातृ निकायबाट सहयोग भएको दुई खर्ब ९३ अर्ब रूपैयाँ, गैरसरकारी सस्थामार्फत ४२ अर्ब रूपैयाँ गरि तीन खर्ब ३५ अर्ब रूपैयाँ खर्च भएको छ।

त्यस्तै, निजी आवास पुनःनिर्माणमा ८६  प्रतिशत प्रगति भएको उनले बताए। अनुदान सम्झौता भएका सात लाख ८० हजार एक सय ६५ लाभग्राहीमध्ये अहिलेसम्म चार लाख ८२ हजार तीन सय २३ वटा घर अर्थात ६२ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको उनले बताए। जसमा एक लाख ८९ हजार ४१ वटा घर निर्माणको चरणमा छन्। अहिले चार लाख गुनासो सुनुवाई भएको जनाएको छ।

यसैगरि, भूकम्पमा क्षति भएका सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार तीन सय ८० अर्थात ७१ प्रतिशत पुनःनिर्माण भएका छन्। अहिले एक हजार सात सय ८७ विद्यालय पुनःनिर्माणको चरणमा छन्।

आगामी वर्ष अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने, इन्जिनियरिङ अध्यक्ष संस्थानमा अन्तर्राष्ट्रिय स्तरको भूकम्प अनुसन्धान केन्द्रण् तथा धरहरा क्षेत्रमा भूकम्प संग्रहालय स्थापना तयारी गरिएको उनले बताए।

अब बाँकी पुनःनिर्माणका लागि करिब तीन खर्ब रूपैयाँ आवश्यक रहेको जनाएको छ। जसमा यस आर्थिक वर्षभित्र तय गरिएका कार्यक्रमका लागि कम्तिमा ३४ अर्ब रूपैयाँ चाहिने जनाएको छ।

प्रकाशित मिति: १४:४३ बजे, बिहीबार, पुस १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्