Kathmandu Press

तनहुँको खानीखोला पुल निजिकको सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध 

तनहुँको खानीखोला पुल निजिकको सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध 

काठमाडौं, पुस ३ : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आइतबार बिहान   १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकैको सडक भासिएको हो।

सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । सडकको बीच भागमा ठूलो खाल्डो परेपछि   साना सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पुग्न मद्दत गरिएको छ ।

भासिएको ठाँउमा माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको छ ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्