Kathmandu Press

कांग्रेसले सरकार गठन गर्न नसके मात्र एमाले अघि सर्छ : विष्ट

आज (आइतबार) बुटवलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनताले दोस्रो पार्टी बनाएकाले एमाले प्रतिपक्षमै बसेर लोकतन्त्रकाे रक्षा, सामाजिक रुपान्तरण र जनजीविकाको विषयमा केन्द्रित हुने धारणा व्यक्त गरे।
कांग्रेसले सरकार गठन गर्न नसके मात्र एमाले अघि सर्छ : विष्ट

काठमाडौं, पुस ३ : एमाले सचिव गोकर्ण विष्टले आफ्नो पार्टीका लागि अहिले सत्ता पहिलो प्राथमिकता नभएको बताएका छन्।

आज (आइतबार) बुटवलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनताले दोस्रो पार्टी बनाएकाले एमाले प्रतिपक्षमै बसेर लोकतन्त्रकाे रक्षा, सामाजिक रुपान्तरण र जनजीविकाको विषयमा केन्द्रित हुने धारणा व्यक्त गरे।

उनले ठुलो दलको हैसियतमा कांग्रेसले सरकार गठन गर्नु राम्रो हुने बताउँदै कांग्रेस पछि हटेको अवस्थामा मात्रै एमालेले अघि सर्ने धारणा राखे।

समानुपातिक मतपरिणाममा पहिलो दल बनेको भए पनि प्रत्यक्षको परिणामले दोस्रो दल बनाएकाले आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर विकासका मुद्दालाई अगाडि बढाउनु एमालेको प्राथमिकता भएको उनको भनाइ थियो।

एमालेले सत्ताका निम्ति अवाञ्छित गतिविधि पनि नगर्ने धारणा पनि उनले राखे। एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा सबैभन्दा ठुलो दल बनाएको जिकिर उनले गरे।

प्रकाशित मिति: १३:१३ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्