Kathmandu Press

हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगद्वारा गृहलाई सिफारिस 

हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगद्वारा गृहलाई सिफारिस 

काठमाडौं, पुस १ : राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

आयोगले मंसिर २७ गते मेयर साम्पाङले सामाजिक सञ्जालमा दलित समुदायमाथि प्रहार हुनेगरी स्टाटस लेखेपछि आयोगले २८ गते क्षमा माग्दै अभिव्यक्ति सच्याउन अनुरोध गरेको थियो । 

प्रेस विज्ञप्तिमार्फत गरिएको अनुुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ती उपदेश दिने र कमीकमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानुनभन्दा आपःू माथि रहेको जस्तो अभिव्यक्ति लगातार दिइरहेकोले उनीमाथि कारबाहीको सिफारिस गरएको  आयोगका अध्यक्ष देवराज विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मेयर साम्पाङले सामाजिक सञ्जालमा ‘चमारे बुद्धि’ शब्द लेखेपछि उनको चौतर्फी आलोचना भएको थियो।

319155371_5815069948610575_2583034961279801567_n1671347269.jpg  

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्