शीतलहरले तराईका विमानस्थलमा हवाइ उडान अवरुद्ध
काठमाडौं, पुस १० : शीतलहरसँगै बाक्लो तुवालो लागेपछि तराईका अधिकांश विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ। बिहीबार धनगढीबाहेक तराईका कुनै पनि विमान....

काठमाडौं, पुस १० : शीतलहरसँगै बाक्लो तुवालो लागेपछि तराईका अधिकांश विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ। बिहीबार धनगढीबाहेक तराईका कुनै पनि विमानस्थलमा उडान–अवतरण भएको छैन।
तराईका विराटनगर, चन्द्रगढी, भैरहवा, भ्रदपुरलगायतका विमानस्थलमा बिहीबार बिहानैदेखि उडान हुनसकेको छैन। काठमाडौंको भिजिबिलिटी राम्रो भएपनि तराईका जिल्लाको भिजिबिलिटी कम हुँदा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसीका अनुसार धनगढीबाहेक तराईका सबै विमानस्थलमा उडान भएको छैन। भैरहवामा त बुधबार पनि उडान हुन सकेको थिएन्। केही दिनदेखि तराईका जिल्लामा शीतलहरले जनजीवन प्रभावित भएको छ। त्यसमा बाक्लो तुवालो लागेपछि उडानमा समस्या भएको हो।











