Kathmandu Press

नयाँ सरकार गठनका लागि छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक 

माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने बताए ।
नयाँ सरकार गठनका लागि छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक 

काठमाडौं, पुस ३ : नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने बताए ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । 

प्रकाशित मिति: ०८:१३ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्