Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौं, पुस ३ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी गराए । 

पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । 

बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ । 

प्रकाशित मिति: ०७:३५ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्