Kathmandu Press

जुम्लामा समानुपातिक पद्धतिबाट तीन महिला सांसद निर्वाचित

जुम्लामा समानुपातिक पद्धतिबाट तीन महिला सांसद निर्वाचित

जुम्ला, पुस २ : जुम्लाबाट प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ३ जना सांसद भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक जना महिलालाई सांसद निर्वाचित गरेकाे हाे।

नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका पूर्व नगरप्रमुख कान्तिका सेजुवाल समानुपातिक सांसद बनेकी छन्। नेकपामा माओवादीका छिरिङ ल्यामु लामा तामाङ जनजाति र पिछडिएको क्षेत्रबाट सांसद निर्वाचित भइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्ला चन्दननाथ नगरपालिका ५ निवासी विनिता कठायतलाई सामानुपातिक सांसद बनाएको छ।

समानुपातिकबाट ३ जना सांसद बनेपछि जिल्लाबाट प्रतिनिधिसभामा ४ जना सांसद भएका छन्।

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्