Kathmandu Press

संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई देउवाकाे निर्देशन

आज (शनिबार) बालुवाटारमा नवननिर्वाचित सांसदहरूका लागि आयोजित चियापान कार्यक्रममा उनले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै संसदमा प्रभावकारी भूमिका खेल्न र जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी काम गर्न निर्देशन दिएका हुन्।
संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई देउवाकाे निर्देशन

काठमाडौं, पुस २ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्। 

आज (शनिबार) बालुवाटारमा नवननिर्वाचित सांसदहरूका लागि आयोजित चियापान कार्यक्रममा उनले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै संसदमा प्रभावकारी भूमिका खेल्न र जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी काम गर्न निर्देशन दिएका हुन्।

सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले छिट्टै गठबन्धनको बैठक बस्ने र सरकार गठनलगायतका विषयमा छलफल हुने जानकारी दिए।

कांग्रेसले गठबन्धनको नेतृत्व गरेको र गठबन्धनलाई जनताले अनुमोदन गरेकाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो। कांग्रेस नेता शशांक कोइरालाले अहिले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिए। 

कांग्रेस नेता विमलेन्द्र निधिले पनि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए। आफूले पार्टी सभापति देउवालाई नै पूर्ण रुपमा दलको नेतामा समर्थन गर्ने पनि बताए ।

गठबन्धनभित्रका अन्य दलले प्रधानमन्त्रीमा दाबी गर्नु अस्वभाविक नभएको उल्लेख गर्दै निधिले प्रधानमन्त्रीकै विषयले गठबन्धन तोडिने सम्भावना नरहेको दाबी पनि उनले गरे।

नवनिर्वाचित सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन देउवालाई दबाब दिएको पनि बताइएको छ। आलोपालो प्रणलीमा प्रधानमन्त्री चलाउने र सुरुमा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी गरिरहेको सन्दर्भका सांसदहरुले त्यस्तो दबाब दिएका हुन्।

कांग्रेस नेता एनपी साउदले प्रधानमन्त्री पदमा आलोपालो हुनुपर्नेमा कांग्रेस लचक भए पनि पहिले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिए। कांग्रेस नेता रामहरि खतिवडाले भने कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा दुईमत नभएको बताए।

प्रतिनिधिसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित ५७ र समानुपातिकबाट निर्वाचित ३२ सांसदहरू छन्।

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्