Kathmandu Press

कांग्रेस सबैभन्दा ठुलो पार्टी भएकाले प्रधानमन्त्रीमा स्वाभाविक दाबी रहन्छ : प्रवक्ता महत

अरु दलको पनि समर्थन लिएर सरकार बनाउनुपर्ने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास हुने उनकाे भनाइ थियाे।
कांग्रेस सबैभन्दा ठुलो पार्टी भएकाले प्रधानमन्त्रीमा स्वाभाविक दाबी रहन्छ : प्रवक्ता महत

काठमाडाैं, पुस २ : कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्ने प्रयास गरिने बताएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आज (शनिबार) बालुवाटारमा नवननिर्वाचित सांसदहरूका लागि आयोजना गरेको चियापान कार्यक्रममा उनले त्यस्ताे बताएका हुन्।

अरु दलको पनि समर्थन लिएर सरकार बनाउनुपर्ने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास हुने उनकाे भनाइ थियाे।

'कांग्रेस सबैभन्दा ठुलो पार्टी भएकाले प्रधानमन्त्रीमा स्वाभाविक दाबी रहेन्छ तर गठबन्धनको अर्को दल माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरेको छ,' उनले भने।

माओवादी केन्द्र पुष्पकमल दाहाल 'प्रचण्ड'को दाबी स्वाभाविक भए अहिलेलाई कांग्रेसको नेतृत्व नै उपयुक्त हुने उनले बताए। 

प्रकाशित मिति: १७:३० बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्