Kathmandu Press

एमाले प्रतिपक्षमा बस्छ : पौडेल

उनले भने, 'नेकपा एमाले अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।'
एमाले प्रतिपक्षमा बस्छ : पौडेल

काठमाडाैं, पुस २ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन्।

आज नेकपा एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, 'नेकपा एमाले अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।'

उनले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताउनुभयो। उनले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गरे।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो। साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए।

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्