Kathmandu Press

रामेछापमा बोलेरो दुर्घटना हुँदा ९ घाइते, ३ काे अवस्था गम्भीर

लिखु तामाकोसी गाउँपालिकाको दुरागाउँबाट भुजी जाँदै गरेको बा११च ७५९१ नम्बरको बोलेरो आज (शनिबार) बिहान पौने १२ बजे अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
रामेछापमा बोलेरो दुर्घटना हुँदा ९ घाइते, ३ काे अवस्था गम्भीर

काठमाडाैं, पुस २ : रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा बोलेरो दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

लिखु तामाकोसी गाउँपालिकाको दुरागाउँबाट भुजी जाँदै गरेको बा११च ७५९१ नम्बरको बोलेरो आज (शनिबार) बिहान पौने १२ बजे अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बोलेरो सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ।

गम्भीर घाइते हुने लिखु तामाकोसी गाउँपालिका १ कोटगाँउकी ३२ वर्षीय विमला सुनुवार, चालक ३९ वर्षीय विमल सुनुवार र सोही स्थानका ३४ वर्षीय राजकुमार थापा छन्। उनीहरूलाई थप उपचारका लागि अन्नपूर्ण हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

प्रहरीका अनुसार घाइते हुने अन्यमा मनिता खडका, दीपक कुमार सुनुवार, सृष्टि सुनुवार, सिता कार्की, नरेश खड्का र सुजन भुजेल छन्। उनीहरूलाई उपचारका लागि मन्थली लगिएको जनाइएको छ।

बोलेरोमा सवार सबै भुजीमा सञ्चालन भइहरेको उमाकुण्ड लिग फुटबल हेर्न हिँडेकाहरू रहेको बताइएको छ।

प्रकाशित मिति: १६:१८ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्