Kathmandu Press

संविधानप्रति दिलदिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्छ : उपसभापति खड्का

उनले ट्विट गर्दै राष्ट्रपतिको विषयमा आफ्नो पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन्। देश, जनता र संविधानप्रति दिलदिमागदेखि पूर्ण प्रतिबद्ध व्यक्ति राष्ट्रपति बन्नुपर्ने धारणा राख्दै सो विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताए।
संविधानप्रति दिलदिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्छ : उपसभापति खड्का

काठमाडौं, पुस २ : कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति को बन्ने भन्ने विषयको चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन्।

दलहरुले दलीय आबद्धता नभएका व्यक्तिलाई विभिन्न शक्तिकेन्द्रको स्वार्थमा राष्ट्रपति बनाउन खोजेको भन्दै केही दिनयता सार्वजनिक रुपमा विरोध र आलोचना भइरहेका बेला आज (शनिबार) सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन्।

उनले ट्विट गर्दै राष्ट्रपतिको विषयमा आफ्नो पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन्। देश, जनता र संविधानप्रति दिलदिमागदेखि पूर्ण प्रतिबद्ध व्यक्ति राष्ट्रपति बन्नुपर्ने धारणा राख्दै सो विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताए।

‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो? मेरो प्रस्ट धारणा छ, राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिलदिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ, यो कुरामा नेपाली कांग्रेसले कसैसँग सम्झौता गर्न सक्तैन, गर्नुहुँदैन,’ उनले ट्विटरमा लेखेका छन्।

प्रकाशित मिति: १६:०६ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्