Kathmandu Press

जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता छैन : नेता सिंह

जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नरहेको
जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता छैन : नेता सिंह

काठमाडौं, पुस २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

काठमाडौं क्षेत्र नं. १ शंखमूलमा आज (शनिबार) मतदाता धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको स्पष्ट पारेका हुन्। उनी काठमाडौं–१ बाट निर्वाचित सांसद हुन्। जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठुलो पद भएको पनि उनले बताए।

‘म जनप्रतिनिधि हुँ। म मन्त्री, प्रधानमन्त्री हुँला या नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नि,’ उनले भने, ‘मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मन्त्री नै हुनुपर्छ भन्ने छ र?’

तर प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास आफूमा रहेको उनको भनाइ थियो। तर प्रधानमन्त्री जनता र आफूले चाहँदैमा हुन सक्ने सहज विषय नभएको उनले बताए।

‘प्रधानमन्त्री बन्ने भन्ने कुरा तपाईंहरूले मात्रै चाहेर पनि हुँदैन। मैले मात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसमा निर्भर गर्छ,’ उनले भने।

प्रकाशित मिति: १४:०६ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्