Kathmandu Press

देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाए

देउवाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिनका लागि शनिबार दिउँसो बिजे प्रधानमन्त्री निवास बालुवाटरमा आमन्त्रण गरेका हुन्।
देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाए

काठमाडाैं, पुस २ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बाृलाएका छन्।

देउवाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिनका लागि शनिबार दिउँसो बिजे प्रधानमन्त्री निवास बालुवाटरमा आमन्त्रण गरेका हुन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा ८९ सिट जितेर कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ।

ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनको प्रयासमा छ।

निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।

प्रकाशित मिति: ११:०२ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्