महेन्द्रनगरलाई १३५ रनको लक्ष्य
धनगढी, फागुन १ : धनगढी प्रिमियर लिग (डिपिएल) अन्तरगत आजको पहिलो खेलमा काठमाडौं गोल्डन्सले महेन्द्रनगर युनाइटेडलाई एसय ३५ रनको लक्ष्य दिएको छ ।
....
धनगढी, फागुन १ : धनगढी प्रिमियर लिग (डिपिएल) अन्तरगत आजको पहिलो खेलमा काठमाडौं गोल्डन्सले महेन्द्रनगर युनाइटेडलाई एसय ३५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ५ विकेट गुमाउँदै एसय ३४ रन बनाएको हो । उसका लागि अंकित डाबसले ६५, योगेन्द्रसिंह कार्कीले २२, ज्ञानेन्द्र मल्लले १४ र महबुब आलमले १३ रन बनाए ।
महेन्द्रनगरका लागि अमर रौटेलाले दुई, मोहम्मद नवीद, अविनास बोहरा र सौरभ ढकालले एक/एक विकेट लिए ।
केही बेरमै महेन्द्रनगर युनाइटेडले ब्याटिङ गदैछ ।
प्रकाशित मिति: १०:४८ बजे, बुधबार, फागुन १, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार