Kathmandu Press

निगमले घटायो इन्धनको मूल्य, अब कसको कति ? 

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ ३ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल, मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ ।
निगमले घटायो इन्धनको मूल्य, अब कसको कति ? 

काठमाडौं, पुस १ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल, मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ ।

यसअघि पेट्रोल लिटरको १८१ र डिजेल, मटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएपनि निगम मूल्य घटाउन दबादमा परेको हो । 

nigam-notice1671201773.jpg

प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, पुस १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्