Kathmandu Press

पुनः घटेर आयो इन्धनको मूल्य, समायोजनबारे भने अझै अन्योल

भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमले जनाएको हो । 
पुनः घटेर आयो इन्धनको मूल्य, समायोजनबारे भने अझै अन्योल

काठमाडौं, पुस १ : भारतबाट डिजेल र पेट्रोलको मूल्य फेरि घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमले जनाएको हो । 

आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा  र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको हो । यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन। निगमलाई मूल्य घटाउन चर्को दबाब भए पनि निगमले आलटाल गर्दै आएको छ।

इन्धनको मूल्य नघटाउँदा निगमलाई पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रूपैयाँ बक्यौता बुझाउन बाँकी छ, भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रूपैयाँ रहेको जनाएको छ । 

प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, पुस १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्