Kathmandu Press

संसदका १० दलले संसदीय दलको सुविधा पाउने, ७ पार्टीले सचेतक पनि पाउने

१० भन्दा कम सांसद भएका दलहरुको कार्यालय व्यवस्थापनका लागि एक भन्दा बढी दल समेत हेर्न सक्ने गरी आवश्यक कर्मचारी पाउने छन् । १० भन्दा बढी सांसद भएका दलले सचेतकसहितको सुविधा प्राप्त गर्ने छन् ।
संसदका १० दलले संसदीय दलको सुविधा पाउने, ७ पार्टीले सचेतक पनि पाउने

काठमाडौं, पुस १ : संसदका १० दलले संसदीय दलको सुविधा पाउने भएका छन् । संघीय संसद सचिवालयले व्यवस्थापन गर्न गरी १० वटा दलको सिंहदरवारभित्र संसदीय दलको कार्यालय हुने भएका छन् ।

जसमा ७ वटा दलले भने सचेतक सहितको सुविधा पाउने छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको कार्यालय पाउने भएका हुन् ।

१० भन्दा कम सांसद भएका दलहरुको कार्यालय व्यवस्थापनका लागि एक भन्दा बढी दल समेत हेर्न सक्ने गरी आवश्यक कर्मचारी पाउने छन् । १० भन्दा बढी सांसद भएका दलले सचेतकसहितको सुविधा प्राप्त गर्ने छन् ।

जस अनुसार एकीकृत समाजवादीसहित सात पार्टीले सचेतकसहितको सुविधा प्राप्त गर्ने भएको छ । राष्ट्रिय पार्टी भएर पनि जनमत पार्टीले सचेतकको सुविधा नपाउने भएको छ । सचेतक सहितको सुविधा पाउनका लागि प्रतिनिधिसभामा कम्तिमा १० सदस्य हुनुपर्ने कानुनी व्यवस्था छ । 

सचेतकलाई गाडी सहित स्वकीय सचिव एक जना, ड्राइभर दुई जना, कार्यालय सहयोगी एक जना पाउँछन् । यसपटक प्रतिनिधिसभामा कांग्रेसका ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी (जसपा) का १२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० सांसद छन् ।

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, पुस १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्