काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झर्यो
काठमाडौं, पुस १० : आज बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ गरेको मापन अन....
काठमाडौं, पुस १० : आज बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ गरेको मापन अनुसार काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । जुन यो वर्षकै कम भएको छ ।
यसअघि बुधबार बिहान काठमाडौंको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ ।
गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै आज बिहान डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
यसैगरी तराईका जिल्लाहरुमा शीतलहर चलिरहेकाले आगो ताप्न र तातो झोलिलो खानेकुरा खान पनि मन्त्रालयले सुझाव दिएको छ । मौसमविद्का अनुसार सामान्यतया २४ घण्टासम्म बाक्लो हुस्सु कुहिरो लागे शीतलहर चलेको मानिन्छ ।






