निर्वाचन आयोगसँग संसद सचिवालयले माग्यो सांसदहरुको विवरण

काठमाडौं, पुस १ : संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग सांसदहरुको विस्तृत विवरण माग गरेको छ । शुक्रबार सचिवालयले सांसदहरुको जन्ममितिसहितको विस्तृत विवरण माग गरेको हो ।
यसअघि आयोगले सांसदहरुको नामावली उपलब्ध गराए पनि पूर्ण विवरण नपठाएपछि आयोगले पत्राचार गरेको हो । संसदमा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद चुनिएका छन्।
संसदमा सात राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन् भने १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ।
प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











