सरकारले ल्याएकाे अध्यादेशविरूद्धको रिट सर्वोच्चद्वारा दरपिठ

काठमाडाैं, मंसिर २९ : सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा दिइएको रिट दरपिठ भएको छ।
अधिवक्ता कपिलेदव ढकालले दिएको रिट बिहीबार दरपिठ भएको सर्वोच्च अदालत प्रशासन दर्ता गर्न अस्वीकार गरिदिएको हो।
सरकारले पठाएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले अहिले नै अध्यादेश रोकिपाउँ भनेर रिट दिन लागिएको भन्दै रिट दर्ता नगरेको सर्वोच्चले जनाएको छ।
प्रकाशित मिति: १८:४८ बजे, बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











