विप्लव समूहको युवा संगठनका लमजुङ जिल्ला संयोजक पक्राउ
लमजुङ, पुस ९ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लमजुङ जिल्ला सदस्य एवं युवा संगठनका जिल्ला संयोजक रविन्द्र नखोला पक्रा....

लमजुङ, पुस ९ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लमजुङ जिल्ला सदस्य एवं युवा संगठनका जिल्ला संयोजक रविन्द्र नखोला पक्राउ परेका छन्।
राईनास नगरपालिका–६ धमिलिकुवाका ३३ वर्षीय नखोलालाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए। उनलाई गएराति पक्राउ गरेर बुधबार दिउँसो सार्वजनिक गरिएको हो।
प्रहरीले विप्लव नेतृत्वको नेकपासँग सम्बन्धित पार्टीको सदस्यता नविकरण फारम र आवेदन फारमसहित नखोलालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका नखोलालाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए।











