Kathmandu Press

बारामा २२ वर्षीय युवक मृत फेला, हत्याको आशंका 

बारामा २२ वर्षीय युवक मृत फेला, हत्याको आशंका 

काठमाडौं, मंसिर २९ : बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय युवक सुरज साह कानुको शव परालको भुसाले छोपेर राखिएको अवस्थामा भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय बारका प्रमुख होबिन्द्र बोगटीका अनुसार खुट्टामा बाँधेको र टिसर्टले  मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जानकारी दिए। उनको शव हेर्दा कर्तव्य गरी मारेर फालिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 
 
काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्