मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा
प्रभाकरले भारतबाटै इमेलमार्फत राजीनामा दिएका हुन्। उनले आजैबाट लागू हुनेगरी राजीनामा दिएको स्वीकृत पनि भइसकेको क्यानले जनाएको छ।
काठमाडौं, मंसिर २९ : मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका छन्। गत साउनमा राष्ट्रियको मुख्य प्रशिक्षक बनेका प्रभाकरले ४ महिनामै राजीनामा दिएका हुन्।
प्रभाकरले भारतबाटै इमेलमार्फत राजीनामा दिएका हुन्। उनले आजैबाट लागू हुनेगरी राजीनामा दिएको स्वीकृत पनि भइसकेको क्यानले जनाएको छ।
क्यानसँगको विवादपछि प्रभाकरले नेपाली टिम छाड्ने निर्णय गरेका हुन्। नेपाली टिमको नामिबिया भ्रमण लगत्तै प्रभाकर र क्यानबीच छलफल भएको थियो, तर छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि प्रभाकर इमेल मार्फत राजीनामा पठाउने भन्दै भारत गएका थिए।
क्यानले प्रभाकरमाथि खेलाडीसँग सम्बन्ध बिगारेको, खेलाडीहरूको अर्डर बिगारेको, मन नपरेका खेलाडीहरूलाई बेञ्चमा राखेको, छनोट समितिलाई दबाब दिएकोजस्ता आरोप लागाएको थियो। क्यालने उनको प्रशिक्षण शैलीमा पनि प्रश्न उठाएको थियो।
क्यानका पदाधिकारीहरु उनीसँग असन्तुष्ट रहेको र नामिबिया भ्रमणमा पनि टिमले खराब प्रदर्शन गरेपछि प्रभाकर टिम छाड्न दाबब परेको थियो। उनले राजीनामा नदिए पनि हटाउने मनिस्थितिमा क्यान थियो।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

