Kathmandu Press

वायुसेवा निगमका क्याबिन क्रुकाे आन्दोलनले उडान प्रभावित, यात्रु अलपत्र

नेपाल वायुसेवा क्याविन क्रु संघले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर आफूहरू आन्दोलनमा उत्रिएको जानकारी दिएको हो। 
वायुसेवा निगमका क्याबिन क्रुकाे आन्दोलनले उडान प्रभावित, यात्रु अलपत्र

काठमाडौं, मंसिर २९ : नेपाल वायुसेवा निगम क्याबिन क्रु आन्दोलनमा उत्रिएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन्।

निगमका दुई एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रुले बुधबार थालेकाे बिहीबार पनि जारी राखेका छन्। नेपाल वायुसेवा क्याविन क्रु संघले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर आफूहरू आन्दोलनमा उत्रिएको जानकारी दिएको हो। 

निगममा ५/५ वर्षमा क्याबिन क्रुको करार नवीकरण गर्ने गरिन्छ। दुई एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेकाे क्रु संघकाे भनाइ छ। उडान प्रभावित भएपछि विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका यात्रुहरु अलपत्र परेका छन्।  

बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नुपर्ने जहाज तीन घन्टा डिले भएकाे निगम स्रोतकाे भनाइ छ। आज काठमाडौंबाट साउदीको रियाद र भारतका  बैङ्लोर र नयाँ दिल्ली उड्नुपर्ने जहाजहरु क्रुको आन्दोलनका कारण प्रभावित बनेकाे जनाइएकाे छन्।

आज काठमाडौंबाट ताप्लेजुङ, भोजपुर, फाप्लु र दाङ उडान हुन सकेका छैनन्। निगममा १५ वर्ष सेवा गरेका क्याबिन क्रुको सेवा करार नवीकरण नभएको संघको दाबी छ।

 

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्