Kathmandu Press

रास्वपाकी सोविता गौतमकाे चुनाव खर्च ३ लाख ७१ हजार

उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणअनुसार उनले चुनावी अभियानका क्रममा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेकी छन्।
रास्वपाकी सोविता गौतमकाे चुनाव खर्च ३ लाख ७१ हजार

काठमाडौं, मंसिर २९ : मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) की उम्मेदवार सोविता गौतमले चुनावमा गरेको खर्चकाे विवरण बुझाएकी छन्।

उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणअनुसार उनले चुनावी अभियानका क्रममा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेकी छन्।

उक्त विवरणअनुसार उनको सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको छ। उक्त शीर्षकमा उनले ८० हजार ९९५ रुपैयाँ खर्च भएको जनाएकी छन्।

उनले १३ दिन चुनाव प्रचारप्रसारका सन्दर्भमा गाडी रिजर्भका लागि ७८ हजार, पेट्रोल÷डिजल खरिद गर्दा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाउँदा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन्।

मतदाता नामावली खरिदमा ३ हजार, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेसनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाउँदा २० हजार खर्च भएको जनाएकी छन्।

त्यस्तै प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पेस गरेकी छन् ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित ९ महिलामध्ये उनी सबैभन्दा कान्छी उम्मेदवार हुन्। २९ वर्षीया गौतम एमालेका मणिराम फुयाल, माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गर्दै संसद बनेकी हुन्।

उनले चुनावका लागि खर्च नबिल बैंकबाट गरएिको उल्लेख गरेकी छन्।  

हेर्नुहोस् उनको खर्च विवरण

Sobita-gautam-chunab-kharcha1671095781.jpg

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्