Kathmandu Press

कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण 

कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन भएको छ । कांग्रेसको भ्रातृ संगठन तरुण दलका पूर्वमहामन्त्री चित्रकारको मंगलबार निधन भएको थियो । 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका पुराना नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्। देउवाले उनको पार्थिव शरिरमा कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

चित्रकारको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘नेपाल तरुण दलका पूर्वमहासचिव एवं नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए। पछि बीपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए।

विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका चित्रकार काठमार्डौं महानगरको प्रधानपञ्च बनेका थिए।चित्रकार प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने अन्डरपास निर्माण भएको थियो ।

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्