Kathmandu Press

गायक रामकृष्ण ढकाल र निलमबीच डिभोर्स

काठमाडौं, पुस ९ : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ। 

जिल्ला अदालत काठमाडौंमा बुधबार....

गायक रामकृष्ण ढकाल र निलमबीच डिभोर्स

काठमाडौं, पुस ९ : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ। 

जिल्ला अदालत काठमाडौंमा बुधबार गायक ढकाल र निलमबीच सम्बन्धविच्छेद भएको हो। गायक ढकालसँग सम्बन्ध विच्छेदका लागि निलमले मंगलबारमात्रै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी थिइन्। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो।

Hardik ivf

त्यसको एक दिनपछि बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र निलमबीचको सम्बन्धविच्छेदको मुद्दाको टुंगो लगाएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। 

सम्बन्धविच्छेद पछि छोरी भने आमा निलमसँगै बस्ने भएकी छिन्। कुनै पनि अंश वा सेवा सुविधा नलिने गरी गायक ढकालसँग निलमको सम्बन्धविच्छेद भएको हो।

यद्यपी छोरीको लालनपालनमा भने ढकाल र निलमको बराबरी हक लाग्नेछ। 

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, पुस ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्