Kathmandu Press

अग्रजलाई धन्यवाद दिन ‘अजम्बरी उपहार’ सार्वजनिक

गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक एवं सङ्गीतकार सजल न्यौपानेको रहेको छ। शब्द गीतकार आचार्य प्रभाको रहेको छ।
अग्रजलाई धन्यवाद दिन ‘अजम्बरी उपहार’ सार्वजनिक

काठमाडौं, मंसिर २८ : जीवित नरहेका नेपाली सङ्गीतका स्वर्णिम युगका सङ्गीतकर्मी, गायकगायिकाको अमूल्य योगदानलाई नमन गर्न धन्यवादस्वरूप ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक गरिएको छ।  

गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक एवं सङ्गीतकार सजल न्यौपानेको रहेको छ। शब्द गीतकार आचार्य प्रभाको रहेको छ। गीतमा शास्त्रीय शैली र करुण रसको प्रयोग सुन्न सकिन्छ। गीतमा सीमा पोख्रेलको सङ्गीत रहेको छ।  

श्रद्धाञ्जली गीत कम नै बन्ने गरेको अहिलेको समयमा अग्रज कलाकारको महत्व र योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई पुरानाको योगदान याद गराइराख्न गीत तयार पारिएको गायक न्यौपानेले बताए। सीमा पोख्रेल निर्मात्री रहेको यस श्रद्धाञ्जली गीतको भिडियोलाई सीमा पोख्रेल ‘जस्ट लभ युट्युब च्यानल’मार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्