संघीय समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं, पुस ९ : संघीय समाजवादी पार्टीले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सरकारबाट बाहिरि....
काठमाडौं, पुस ९ : संघीय समाजवादी पार्टीले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सरकारबाट बाहिरिएको एक दिनपछि बुधबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी अध्यक्ष उपेन्द्र यादवले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्। उनले पार्टीको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पनि बताए।
उनले अब प्रतिपक्षमा बसेर संविधान संशोधन लगायतका मुद्दामा लड्ने पनि बताए। ‘अब हामीले संविधान संशोधनको मुद्दालाई प्रतिपक्षमा बसेर जोडदार साथ उठाउँछौं,’ उनले भने,‘ जसरी पनि अब सबैको संविधान बनाउनुपर्छ।’
उनले प्रधानमन्त्री ओलीले दुई तिहाइको दम्भ देखाएको र आजबाट त्यो समाप्त भएको बताए। समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सरकारले दुई तिहाइ बहुमत गुमाएको छ। प्रतिनिधिसभामा समाजवादी पार्टीको १७ सिट रहेको छ।






