धनुषा–४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट
उनको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।
काठमाडौं, मंसिर २८ : धनुषा–४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । धनुषा–४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले सो क्षेत्रमा पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट दिएका हुन् ।
सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित भएका थिए । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाममा असहमति जनाउँदै कांग्रेस सहमहामन्त्रीसमेत रहेका यादवले रिट दिएका हुन् । उनको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।
रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।
प्रकाशित मिति: १५:४३ बजे, बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

