Kathmandu Press

आयोगद्वारा निर्वाचनको अन्तिम नतिजा घोषणा, प्रतिवेदन बिहीबार राष्ट्रपतिसमक्ष पेस गरिने

निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष परिणामसहितको प्रतिवेदन पेस गर्नुपर्ने कानुनी प्रावधान छ।
आयोगद्वारा निर्वाचनको अन्तिम नतिजा घोषणा, प्रतिवेदन बिहीबार राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडाैं, मंसिर २८ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा घोषणा गरेको छ। आयोगले आज (बुधबार) दिउँसो कार्यालयमा पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा सार्वजनिक गरेको हो।

त्यसक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन भोलि (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिने जानकारी दिए। निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष परिणामसहितको प्रतिवेदन पेस गर्नुपर्ने कानुनी प्रावधान छ।

Hardik ivf

थपलियाका अनुसार प्रदेशसभातर्फको प्रतिवेदन भने प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ। प्रदेश सभातर्फको अन्तिम मतपरिणाम भने आगामी पुस २ गते प्रदेश प्रमुखसमक्ष बुझाइनेछ। 

निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन्। जसमा प्रतिनिधि सभातर्फ ६६ दशमलव ९० प्रतिशत पुरुष (१८४ जना) र  ३३ दशमलव १० प्रतिशत महिला (९१ जना) निर्वाचित भएको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशसभातर्फ ६३ दशमलव ६४ प्रतिशत पुरुष (३५० जना पुरुष) र ३६ दशमलव ३६ प्रतिशत महिला (२०० जना) निर्वाचित भएका छन्। 

यसपटकको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८६ वटा राजनीतिक दलमध्ये ६१ वटा  र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएको आयोगको भनाइ छ।

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्