रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, सांसद पद खारेजीको माग
सिन्धुलीका युवराज सफलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
काठमाडौं, मंसिर २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदलतमा रिट दायर भएको छ । सिन्धुलीका युवराज सफलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
पौडेलले लामिछानेको नागरिकता विवादमा टेकेर उनलाई सांसदको रुपमा शपथ ग्रहण नगराउन माग गर्दै रिट दायर गरेका हुन् । लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानूनी व्यवस्था विपरित उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै पौडेलेले रिट दायर गरेका हुन् । मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि प्रतिनिधि सभा सदस्यको रुपमा उपस्थित हुन र कार्य गर्न नदिन रिटमा माग गरिएको छ।
‘नेपालको संविधानको धारा १३७ (२)(ख) को क्षेत्राधिकार प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचन आयोग ऐन, २०७४ को दफा १६ बमोजिम निज रवि लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी निजलाई सांसद पदबाट मुक्त गरी पाउँ र उक्त ऐनको दफा १६(२) बमोजिमको कार्य गर्नु भनी विपक्षी निर्वाचन आयोगको नाममा परमादेशको आदेश जारी गरी पाऊँ,’ रिटमा भनिएको छ ।
पौडेलले रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ । रिट सर्वोच्चमा दर्ता भएको र पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको बताइएको छ









-ink-1740145571.jpeg)

