प्रधानमन्त्री देउवा र कांग्रेस नेता पौडेलबीच भेटवार्ता
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बिहान भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ।
काठमाडौं, मंसिर २८ : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बिहान भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेकाले सबै दलहरू नयाँ सरकार गठन जुटेका छन्। सोही सन्दर्भमा पार्टीको आगामी रणनीतिबारे पनि आन्तरिक छलफल भएको जनाइएको छ।
कांग्रेसमा संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्न चाहनेहरू धेरै छन्। पछिल्लो समय नेता पौडेलले पनि प्रधानमन्त्रीको आकांक्षा राख्दै आएका छन्। उनले कांग्रेस संसदीय दलको नेतामा पनि दाबेदारी प्रस्तुत गरिरहेका छन्।
स्रोतका अनुसार भेटमा पौडेलले आफूलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न देउवासमक्ष आग्रह गरेका छन्। देउवाले केही दिन पर्खन आग्रह गरेको स्रोतको भनाइ छ।









-ink-1740145571.jpeg)

