४२८५ उम्मेदवार र ४० दलको जमानत जफत
आज (बुधबार) आयोगकाे कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ हजार २८५ उमेदवारको जमानत जफत भएको जानकारी दिएका हुन्।
काठमाडौं, मंसिर २८ : यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उमेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएकाे छ।
आज (बुधबार) आयोगकाे कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ हजार २८५ उमेदवारको जमानत जफत भएको जानकारी दिएका हुन्।
उनका अनुसार प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो ।
प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १७९ गरी १ हजार ९६१ उमेदवारको जमानत जफत भएको हाे। त्यस्तै प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला र एक जना अन्य गरी कुल २ हजार ३२४ जनाको धरौटी जफत भएको हाे।
प्रतिनिधिसभामा बन्दसूची पेस गर्ने ४० दलको जमानत जफत भएको पनि आयोगले जनाएकाे छ। कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।

-ink-1740145571.jpeg)