माओवादीकाे नेतृत्वमा एक महिनाभित्र नयाँ सरकार बन्ने प्रचण्डकाे दाबी
आज (बुधबार) पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले गठबन्धनको तर्फबाट सरकारको नेतृत्व माओवादीले गर्ने दाबी गरेका हुन्।
पाेखरा, मंसिर २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको नेतृत्वमा एक महिनाभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन्।
आज (बुधबार) पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले गठबन्धनको तर्फबाट सरकारको नेतृत्व माओवादीले गर्ने दाबी गरेका हुन्। ‘अबको सरकारको नेतृत्व माओवादी केन्द्रले गर्छ,’ प्रचण्डले भने।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीसँग छलफल गरेका थिए।
उनले निर्वाचनबाट माओवादी केन्दले प्रत्यक्षतर्फ २५ सिटको आशा गरे पनि कांग्रेस पूर्ण रूपमा इमान्दार नहुँदा अपेक्षाकृत नतिजा नआएको उनको भनाइ थियो।
‘हामीले जति इमान्दारी देखायौँ, कांग्रेस पूर्ण रूपमा इमानदार हुन सकेन,’ प्रचण्डको भनाइलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। प्रचण्डले गण्डकी प्रदेश सरकारको नेतृत्व पनि माओवादीले पाउनुपर्नेमा जोड दिए।









-ink-1740145571.jpeg)

