Kathmandu Press

एमाले अध्यक्ष ओली र माओवादीका महासचिव गुरुङबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र माओवादीका महासचिव गुरुङबीच भेटवार्ता

काठमाडौं, मंसिर २८ : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ।

उनीहरूबीच मंगलबार भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक विषयमा सामान्य कुराकानी भएको जनाइएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएको बुझिएको छ। ओलीले भने केही समयअघि नै प्रचण्डलाई फोनमार्फत बधाई दिइसकेका थिए।

निर्वाचनको नतिजा आइसकेको अवस्थामा सबै दल सरकार गठनमा केन्द्रित भएका छन्। सत्ता गठबन्धनले एकातिर मिलेर सरकार गठन गर्ने भनिरहेका बेला त्यसैको एक घटक माओवादी केन्द्रका महासचिवले दोस्रो ठुलो दल एमालेका अध्यक्षसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्