संसद सचिवालयका सचिव घिमिरेले दिए राजीनामा
उनको राजीनामा पनि स्वीकृत भइसकेको छ ।
काठमाडौं, मंसिर २८ : संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
घिमिरेले बुधबार बिहान संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजीनामा बुझाएका हुन् । उनले घरायसी कारण देखाउँदै अवकाश हुन ९ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा पनि स्वीकृत भइसकेको छ । बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।
घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।
प्रकाशित मिति: १३:२८ बजे, बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

