Kathmandu Press

माओवादी अध्यक्ष प्रचण्डद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त 

माओवादी अध्यक्ष प्रचण्डद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त 

काठमाडौं, मंसिर २८ : काभ्रेको बेथानचोक गाउँपालिकामा  १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । 

उक्त दुर्घटनामा परी निधन भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

प्रचण्डले बढ्दो सवारी दुर्घटना रोक्न सबैको सामूहिक पहल गर्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन्। मङ्गलबार साँझ बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृतकमध्ये १३ जनाको सनाखत भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । 

मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो । 

प्रकाशित मिति: १२:१९ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्